साताका उत्कृष्ट ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — दक्षिण कोरियामा जाने नेपालीहरुले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु पर्छ । सरकारले हरेक वर्ष भाषा परीक्षा सञ्चालन गर्दै आएको छ । आवेदन दिन, परीक्षा दिने लगायत कामका लागि नेपाली युवायुवतीहरुको परीक्षा केन्द्रहरुमा घुइँचो लाग्ने गर्छ । यस वर्ष सन् २०१९ को भाषा परीक्षा शनिबार र आइतबार सञ्चालन हुने तालिका छ ।

प्रकाशित : जेष्ठ २५, २०७६ १८:५२
शुक्रबार बिहान करिब ५ बजेतिर काठमाडौं उपत्यकामा आएको हावाहुरीले उपत्यकाको तुवाँलो उडाइदिए पछी गोठाटारबाट देखिएको बौद्ध र पृष्भुमीमा देखिएको हिमश्रन्िखला । बिहानै हावाहुरी र पानीपरेपछि सधैं तुवालोले ढाक्ने काठमाडौं उपत्यकाको मौसम छर्लङ्ग खुलेको थियो । तस्बिर अंगद ढकाल । कान्तिपुर

अन्न र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथ रथ जात्राको अन्तिम दिन रथ तान्दै स्थानीय । तस्बिर : इलिट जोशी

मिडिया काउन्सिल विधेयकविरोधमा पत्रकार महासंघद्वारा राजधानीको बबरमहलमा शनिबार आयोजना गरिएको विरोध र्‍यालीमा सहभागीहरु । तस्बिर : अंगद ढकाल

मुस्लिम समुदायको पवित्र पर्व रमदानको अन्तिम दिन राजधानीको घण्टाघरस्थित काश्मिरी जामे मस्जिदमा प्रार्थना गर्दै मुस्लिम समुदायहरु । तस्बिर : सन्जोग मानन्धर

बसन्तपुरमा आयोजित सामूहिक बेल विवाहको अवसरमा सिंहको सालिकबाट खसालिएको पवित्र जल ग्रहण गर्दै आमा र छोरी । तस्बिर : सन्जोग मानन्धर

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता तेस्रो संस्करण नेपाल पुलिस क्लबले जितेपछि ट्रफी चुम्दै । तस्बिर : हेमन्त श्रेष्ठ

प्रतिक्रिया
पठाउनुहोस्

पत्रकारहरु हातेमालो प्रदर्शनमा [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकारहरुले शनिबार देशभर प्रदर्शन गरेका छन् । विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गरेको भन्दै नेपाल पत्रकार महासंघ, प्रदेश समिति र जिल्ला शाखाका अगुवाइमा मुलुकभर प्रदर्शन गरिएको हो । काठमाडौंमा भने अपराह्न ३ बजे बबरमहलमा हातेमालो प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा पत्रकार महासंघका पदाधिकारी, पूर्वअध्यक्ष, सदस्य र विभिन्न सञ्चार संस्थामा आवद्ध सञ्चारकर्मीहरु सहभागी थिए।सरकारले संसद्‌मा पेस गरेको मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान राखिएको भन्दै त्यस सच्याउनु पर्ने मागसहित पत्रकार महासंघले आन्दोलन गरिरहेको छ।

प्रकाशित : जेष्ठ २५, २०७६ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्