कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

यसरी मनाइयो सुनसरीमा इद उल फित्र [फोटोफिचर]

वेदराज पौडेल

इनरुवा — इस्लाम धर्मावलम्बीहरुको महान् चाड इद उल फित्र सुनसरीका मुस्लिम समुदायले पनि एक अर्कालाई शुभकामना आदानप्रदान गर्दै मनाए । आफूभित्रको हैबानलाई सदा परास्त गर्न र नेकीका रास्तामा आफूलाई हिँडाउनका लागि पायक पर्ने इदगाहमा प्रार्थना गर्दै मुस्लिमहरुले शुभकामना साटासाट गर्दै इद उल फित्र मनाएका छन् । इस्लामिक क्यालेण्डर अनुसार एक महिना लामो ब्रत रोजा तोडेपछि इद उल फित्र मनाइन्छ ।

वर्षभरि आर्जन गरिएको रकमबाट निर्धारित रकम जाकातको रुपमा असहायमा वितरण गर्ने र विगतका तिता कुरा बिर्सेर एक आपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने यो पर्वको खास महत्व रहेको छ । जाकत, फितराको निकासा गरी वार्षिक कारोबारलाई शुद्धि गर्दै गरिन्छ । इदमा नया लुगा लगाउने, मासुका विभिन्न परिकार र सेवई खाने चलन छ ।

हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले मानिसभित्र इन्सानियत जगाउने र विश्वबन्धुत्वको भावना फैल्याउन यो पर्वले ठूलो सहयोग गर्ने बताए । उनले नेपालको सबैभन्दा ठूलो भुटाहा इदगाहमा एकै पटक दस हजारभन्दा बढीले बुधबार बिहान नमाज पढेको बताए । सुनसरीको इनरुवा, भुटाहा, जल्पापुर, भोक्राहा, पकली, कोसी गाउँपालिका, इटहरी लगायत क्षेत्रमा समेत इद उल फित्रको बिहान नमाज पढेर मनाइयो ।

प्रकाशित : जेष्ठ २२, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्