हावाले रुख ढालेपछि थापाथली चोकमा केहीबेर सडक अवरुद्ध, दुई कारमा क्षति [फोटोफिचर]

तस्बिर : हेमन्त श्रेष्ठ, संजोग मानन्धर

काठमाडौँ — थापाथलीको चोकमा बुधबार साँझ हावाले रुख ढलाएको छ । पानीसहित आएको हावाहुरीबाट कुमारी मन्दिर नजिकको रुख सडकतर्फ ढलेको हो । रुखले दुई वटा कारमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । सडकको छेउमा रुख ढलेपछि केहीबेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७६ १८:४४

प्रतिक्रिया
पठाउनुहोस्

बजेट भाषण : युवा तथा खेलकुदको बजेट २० करोड घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले युवा तथा खेलकुदका लागि ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा पेश गरेको युवा तथा खेलकुद बजेट गत वर्षभन्दा झण्डै २० करोड कम हो । गत वर्ष ४ अर्ब १८ करोड ९५ लाख विनियोजन गरिएको थियो । 


बालबालिका, युवाको स्वास्थ्य शारीरिक तथा मानसिक विकासका लागि खेलकुदलाई अगाडि बढाउन संघ, प्रदेश र स्थानीय तहको सहकार्यमा समुदायस्तरदेखि नै नियमित रुपमा खेलकुद प्रतियोगिताको आयोजना, खेलाडीको प्रशिक्षण, क्षमता विकास र प्रोत्साहनका कार्यक्रमहरु सञ्चालन गर्ने बजेटमा उल्लेख छ।

काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको खेलकुद परिषद निर्माण गर्न प्रारम्भिक अध्ययन गरिने, सबै प्रदेशमा प्रदेशसँगको सहलगानीमा प्रदेशस्तरीय सुविधासम्पन्न रंगशाला र प्रदेश तथा स्थानीय तहसँगको सहलगानीमा सबै स्थानीय तहहरुमा खेलग्रामको विकास गर्न ४० करोड बजेट छुट्याइएको छ। यो अघिल्लो वर्षकै कार्यक्रमको निरन्तरता हो।

काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान २ वर्षमा सम्पन्न गर्न १० करोड विनियोजन गरिएको छ। २०७१ सालयता यस मैदानको निर्माणका लागि २४ करोडभन्दा बढी खर्च भइसकेको छ।

निजी क्षेक्रको अग्रसरतामा हुने त्रिकेट लगायतका खेल मैदान निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्ने तथा क्रिकेटको विकासका लागि त्रिकेट एकेडेमी स्थापना गरिने बजेटमा उल्लेछ छ।

अर्थमन्त्री खतिवडाले १३औं दक्षिण एसियाली खेलकुदको पूर्वाधार विकास तथा नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक रकम विनियोजन गरिएको जानकारी दिएका छन्।

प्रकाशित : जेष्ठ १५, २०७६ १८:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्