१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कान्तिपुर हिसान शैक्षिक मेलाको दोस्रो दिन ६५ हजारले अवलोकन [तस्बिरहरु]

शनिबार लाइभ म्युजिक हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — 'छैटौं कान्तिपुर हिसान एडुफेयर-२०१९' मेलामा परामर्श लिने विद्यार्थीको भीड बढेको छ । काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शन हलमा आयोजित शैक्षिक मेलामा यसरी भीड लागेको हो । मेलाको दोस्रो दिन शुक्रबार ६५ हजारले अवलोकन गरेको आयोजकले जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले शैक्षिक मेलाको आयोजना गरेका हुन् ।

'उत्कृष्ट शिक्षा नेपालमै' नारासहित सुरु गरिएको यो मेलामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीको चाप रहेको छ । 'सोचेजस्तै चाहेको विषयबारे जानकारी लिन पाएा,' कक्षा ११ पढ्ने तयारीमा रहेका सन्तोष बिकले भने, 'कुन विषय पढ्ने भन्नेबारे निर्णय अझै टुागोमा पुगेका छैन । रिजल्ट आउन बााकी छ ।' यसैगरी कक्षा १२ को परीक्षा दिएर बसेकी विधाता शेरचन शैक्षिक मेला लाभदायी भएको बताइन् । 'ब्याचलर्समा साइन्स कि अर्को फ्याकल्टी पढ्ने भन्ने अन्योल रहेकोले बुझ्न आएको हो,' उनले भनिन् ।

परामर्श दिनका निम्ति कलेजका संचालक, प्रतिनिधिहरु, स्वयंसेवक विद्यार्थीहरूलाई भ्याइनभ्याइ छ । नोबेल कलेजकी बोटानिस्ट दिपा मास्केले कलेजहरुको फ्याकल्टी, कार्यक्रम, विषयहरु बुझ्न आउनेहरुको भीड रहेको बताइन् । 'एकै ठाउामा धेरै कलेज, धेरै धेरै विषयहरुबारे बुझ्न आउने बढी छन्,' उने भनिन्, 'हामी आफनै विद्यार्थीलाई स्वयंसेवकका रुपमा खटाएको हुादा काउन्सेलिङ सहज भएको छ ।'

ब्याचलर्स तहमात्र पढाइने हेराल्ड कलेज काठमाण्डुका भर्ना व्यवस्थापक सवनम खातुनले विद्यार्थी जिज्ञासा विविध खालको रहेको बताइन् । 'कम्प्युटर साइन्स, बिबिए, बिआईटी बुझ्न चाहने धेरै छन्,' उनले भनिन् ।एनआईसी कलेजका संयोजक सञ्जय चौधरीले पहिलो दिनको तुलनामा दोस्रो दिन थामिनसक्नु भीड बढेको बताए । 'विद्यार्थी चाप बढ्दै गर्दा ठाउा अलि सााघुरो भएको छ,' उनीले भनिन्, 'साइन्स पढ्न चाहनेहरु धेरै छन् ।'

त्यसैगरी लिटिल एन्जेल्स कलेजका इन्चार्ज गोमा श्रेष्ठले कक्षा ११ र १२, ए लेभल, ब्याचलर्स पढ्न चाहनेहरुको पदचाप बढेको बताइन् । काठमाण्डु वल्र्ड स्कुलका संयोजक महेन्द्र थापाले भने, 'हामी कक्षा ११ र १२ मात्र पढाउने भएकाले ज्यादै भीड छ,' उउनले थपे, 'साइन्स र म्यानेजमेन्टबारे जान्न चाहने धेरै आएका छन् ।'हिसानका वरिष्ठ उपाध्यक्ष तथा मेलाका संयोजक युवराज शर्माका अनुसार दोस्रो दिन ६५ हजारले अवलोकन गरेका छन् । 'दोस्रो दिन पैसठ्ठी हजारभन्दा बढी विद्यार्थी र अभिभावकले अवलोकन गरेका छन्,' उनले भने, 'प्लस टु, ब्याचलर्स र मास्टर्सको काउन्सेलिङ लिने बढेका छन् ।' तेस्रो दिन लाइभ म्युजिकशैक्षिक मेलाको तेस्रो दिन शनिबार लाइभ म्युजिकको कार्यक्रमसमेत आयोजना गरिएको छ । भृकृटीमण्डप प्रदर्शनी हल परिसरमा हुने कार्यक्रममा नेपाल आइडलका अस्मिता अधिकारीलगायत कलाकारको विशेष उपस्थिति रहनेछ ।

प्रकाशित : जेष्ठ १०, २०७६ २०:३३
प्रतिक्रिया
पठाउनुहोस्