१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सैनिक संग्रहालय : थरिथरिका हतियारदेखि महेन्द्रको रोयल्स रोयससम्म (फोटोफिचर)

गोविन्द पोखरेल

काठमाडौँ — गेहेन्द्र शमशेर नेपालका पहिलो वैज्ञानिक हुन् । उनले नेपाली सेनाका लागि विभिन्न हतियार बनाए । उनले बनाएको हातहतियार तथा हतियार बनाउने मेसिनहरु हेर्न पाइएला भन्ने तपाईमा जिज्ञासा हुनसक्छ । भनिन्छ, देश बुझ्नु छ भने कि त घुम्नु कि त संग्रहालय जानू । संग्रहालय इतिहासको द्योतक हो, विगतलाई सुरक्षित राखिएको हुन्छ । गेहेन्द्र शमशेरका ती हतियार र मेसिनहरु अहिले पनि सुरक्षित छन् संग्रहालयमा ।

नेपालमा तत्कालीन् राजाहरुले बाहेक कसैले पनि रोयल्स रोयस कार चढेका छैनन् । पैसा भएर पनि किन्न नसकिने यो गाडी नेपालमा पूर्वराजा महेन्द्रले चढ्थे । त्यो गाडी अहिले कहाँ होला ? यस्ता जिज्ञासा मेटाउनु छ भने छाउनीस्थित सैनिक संग्रहालयमा जाँदा हुन्छ ।

रोयल्स रोयस तत्कालीन राजा मेहन्द्रलाई २०१७ सालमा बेलायती महारानी इलिजाबेथ द्वितीयले उपहार दिएकी थिइन् । यो नेपालमो पहिलो रोयल्स रोयस हो । २०१७ सालको यो गाडी अहिले पनि उस्तै चमक छ ।

गेहेन्द्र शमशेरले सन् १९५३ मा बेलायतबाट झिकाएका मार्टिन हेनरी राइफलको गोली बनाउने मेसिनहरु संग्रहालय अगाडि सजाएर राखिएका छन् । त्यसबेलाका मेसिनहरु अहिले पनि झट्ट हेर्दा नयाँ जस्ता देखिन्छन् ।

संग्रहालयलामा नेपाली सेनासँग सम्बन्धित इतिहास तथा जानकारीसमेत सर्वसाधरणले लिन सक्छन् । त्यस्तै नेपालका तत्कालीन राजाहरु,विभिन्न किल्ला र युद्ध सामग्री, सैनिक पोशाक, पदकहरु देख्न सकिन्छ । संग्रहालयमा नेपाली सेनाले प्रयोग गरेको एनए०१४ विमान पनि राखिएको छ ।

२०५७ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सवको अवसर यो संग्रहालयको शिलान्यास गरिएको हो । संग्राहलय सर्वसाधरणका लागि खुला गरिएको भने २०६४ सालदेखि हो ।

प्रकाशित : वैशाख ३१, २०७६ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्