१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

सन्तोष सिंह

जनकपुर — जानकी नवमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजाअचर्ना गरेकी छन् । सोमबार बिहानै जनकपुर आइपुगेकी राष्ट्रपति भण्डारीले नौ लखा मन्दिरले परिचित जानकी मन्दिर मुलुकको अमूल्य धरोहर रहेको बताएकी छन् ।

विद्वानहरुको जन्म, कर्मभूमि र तपोभूमि जनकपुर प्रेरणको स्रोतको रुपमा लिएर यहाँको धार्मिक मठ मन्दिरको संरक्षणमा उनले जोड दिइन् । जानकी मन्दिरमा पूजा अर्चनापछि मन्दिर परिसरमा आयोजित समारोह सम्बोधन गर्दै भण्डारीले मौलिक मिथिला कला उतकृष्ट एक नमुना रहेको बताइन् । उनले भनिन्, 'विश्वविख्यात जानकी मन्दिरको पूजा अर्चनाले प्रसन्न भएको छु ।'

जानकी नवमी महोत्सवले नेपाली समाजिक, सांस्कृतिक र राष्ट्रिय अखण्डतालाई थप सुदृढ बनाएको भण्डारीले बताइन । परम्परा र संस्कृतीको संरक्षणमो जोड दिँदै भण्डारीले राजा जनक र विद्वान अष्टाबक्रको जन्मभूमि कुनै बेला ज्ञानको केन्द्र भएपनि पछिल्लो समय समाजिक विकृति बढेको प्रति चिन्ता व्यक्त गरिन् ।

'शिक्षा र कलामा धनी जनकपुरमा पछिल्लो समय सामाजिक विकृति र विसंगति बढेको छ,' भण्डारीले भने 'विकृति अन्त्यकालागि सक्रियता बढाउनु आवश्यक छ ।' समाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना अन्तर्गत प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाउ, बेटी बचाउ' अभियानको प्रसंशा गरिन् ।

प्रकाशित : वैशाख ३०, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्