१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

धूलो-हिलो खप्न नसकेपछि ललितपुरवासी पनि आन्दोलित [फोटोफिचर]

तस्बिर : बिजु महर्जन

ललितपुर — खराब बाटोका कारण दैनिक रूपमा धुँवाधूलो खेप्नुपरेको भन्दै सुनाकोठी, चापागाउँ हुँदै लेलेसम्मका स्थानीय बासिन्दाले अनिश्चितकालका लागि यातायात र सम्पूर्ण पसलहरु बन्द गरेका छन् । आइतबारबाट सडक निर्माण संघर्ष समितिले साँझ ५ बजेसम्म बन्दको आह्वान गरेको हो । चापागाँउको टाहाखेलदेखि धापाखेल दोबाटोसम्म उनीहरुले ठाउँ ठाउँमा अवरोध गरेका छन् । सडकमा प्रहरी नगन्य मात्रा परिचालित छन् । स्थानीयले ठाउँ ठाउँमा सडकमै टेन्ट गाडिएका छन् भने पसलहरु ठप्प छन् ।

विरोधमा उत्रिएका स्थानीय बासिन्दा प्रशासन र राजनीतिक दलले बेवास्ता गरेको भन्दै आक्रोश पोखिरहेका छन् । बन्दका स्थानीय र अन्य यात्रु मारमा छन् । बन्द खुलाउन कहींकतै पहल नभएको उनीहरुको गुनासो छ । केही दिन अघि बौद्धका स्थानीय पनि सडक निर्माण ढिला गरेको र धूलोधुँवा खपिनसक्नु भएको भन्दै आन्दोलित बनेका थिए ।

व्यवसाय नै बन्द गरेर व्यापारीहरु आन्दोलनमा उत्रेका छन् । 'सँधै धूलो खाएर बिरामी हुनुभन्दा सागपात खाएर बाँचौँला' स्थानीय रिजना श्रेष्ठले भनिन् ।


प्रकाशित : वैशाख २९, २०७६ १५:११
प्रतिक्रिया
पठाउनुहोस्