कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

साताका ७ तस्बिर

कान्तिपुर संवाददाता

काठमाडौँ — यस साता कान्तिपुर डेली डटकमा विकास निर्माणमा देखिएको ढिलासुस्तीपछि स्थानीय आन्दोलित र पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालको पुनःविवाहको तस्बिरले प्राथमिकता पाए । बौद्ध सडक महिनौंदेखि धुलाम्मे भएपछि स्थानीय विरोधमा उत्रिएका थिए भने नेकपा अध्यक्ष दाहालको विवाहको ५० औं वर्ष पुगेको अवसरमा पञ्चेबाजा बजाएर पुनः विवाह गरेका तस्बिर लोकपि्रय बने । यस्तै ललितपुरको कुम्भेश्वर वास हिटिस्थित धारामा पानी थाप्न स्थानीयको लर्को, विपक्ष कांग्रेसले संसद्‌मा गरेको विरोध लगायत तस्बिरले पनि यस साता कान्तिपुरमा स्थान पाउन सफल भयो ।

समयमै सडक कालोपत्रे नगरेको भन्दै चाबहिल बौद्ध सडक खण्डमा व्यवसायीहरुले आन्दोलन गर्दा सडकमा राखेका तार अवरोध हटाउदै प्रहरी । तस्बिरः अनिश रेग्मी / कान्तिपुर

काठमाडौंको टोखा नगरपालिकास्थित गंगोबुमा केही दिनदेखि ढल राख्ने काम भएको हुँदा कस्टकर रुपमा स्कुल जाँदै गरेका विद्यार्थीहरु । तस्बिर : कबिन अधिकारी/कान्तिपुर

प्रधानमन्त्री केपी ओलीले प्रयोग गरेको शब्दावलीप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभा बैठकमा अवरोध गर्नेक्रममा । सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले प्रस्टीकरण दिने क्रममा 'आक्रोश, कुण्ठा र निम्सरो अभिव्यक्तिको वास्ता नगरी प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु' भनेपछि कांग्रेस सांसदहरुले विरोध जनाएका थिए । तस्बिर: इलिट जोशी/कान्तिपुर

ललितपुर कुम्भेश्वर वास हिटिमा विहानको समयमा पानी थाप्ने स्थानीयहरुको घुईचो । सुख्खा मौसममा राजधानीमा खानेपानीको अभावहुनेहुदा स्थानीयहरु प्राकृतिक श्रोतमा भर पर्ने गरेका छन् । तस्बिर: हेमन्त श्रेष्ठ

आफ्नो विवाहको ५०औं वर्षगाँठ मनाउने क्रममा नेकपा अध्यक्ष प्रचण्ड र उनकी पत्नी सिता दाहाल खुमलटार स्थित निवासमा विहीबार भएको औपचारिक कार्यक्रममा सहभागी हुँदै । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्द बहादर पुन, नेकपाका नेता तथा कार्यकर्ताहरु लगायत उनका पुर्व सहकर्मी बाबुराम भट्टराई दम्पती साथै अन्य पार्टीका नेताहरु साथै शुभेच्छुकहरुको समेत उपस्थिति रहेको थियो । तस्बिर: कान्तिपुर

रातो मछिन्द्रनाथको रथ यात्राको पहिलो दिन ललितपुरको पुलचोकमा रथ तान्दै भक्तजनहरु । तस्बिरः इलिट जोशी


प्रकाशित : वैशाख २८, २०७६ २०:४७
प्रतिक्रिया
पठाउनुहोस्