कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

ढुंगामा बौद्ध धर्मका मन्त्र ‌(फोटो फिचर)

शब्द/तस्बिर : कुम्भराज राई

नाम्चे(सोलुखुम्बु) — सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका शेर्पाहरूको बाहुल्य भएको गाउँपालिका हो । सर्वोच्च शिखर सगरमाथा समेत रहेको यस गाउँपालिका चीनको तिब्बतसँग जोडिएको छ । यहाँ बौद्ध धर्मावलम्बीहरूको बसोबास छ । त्यसैले लुक्ला प्रवेश गरेपछि सगरमाथा आधारशिविर जाने बाटोहरूमा गुम्बा, स्तुपा र मानेहरु प्रशस्त भेटिन्छन् ।

त्यसमध्ये पनि बाटोका विशाल ढुंगाहरुमा उनीहरूले आफ्नै लिपिमा ढुंगा खोपेर लेखेको बौद्ध धर्मका मन्त्रहरू पर्यटकका लागि आकर्षण बनेका छन् । ढुंगाहरुलाई माने जस्तै आकारमा चारैतिरबाट लेखेर बनाइएको यस्ता आकृति सगरमाथा आधारशिविर जाने पर्यटकीय पदमार्गको पहिचान नै हो ।

यस्ता लेखोटहरु लेखाउँदा धर्म हुने विश्वास उनीहरूमा छ । यस्ता लेखोट भएका ढुंगाहरुलाई मानेकै रूपमा बौद्ध धर्मावलम्बीहरूले दाहिने पारेर हिँड्ने गर्छन् ।


प्रकाशित : वैशाख २८, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्