सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध
काठमाडौँ — बौद्ध-जोरपाटी सडकखण्ड छिटो कालाेपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका छन् । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन् । तत्काल सडक कालाेपत्रे गरी धुलाे र हिलाेमुक्त बनाउनुपर्ने उनीहरुकाे माग छ ।