३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

राष्ट्रपति चीन प्रस्थान [तस्बिरहरु]

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीको बुधबारबाट सुरु हुने राजकीय चीन भ्रमणको सरकारी टोलीमा ३४ र निजीतर्फ ९ सदस्य बेइजिङतर्फ प्रस्थान गरेकी छिन् । परराष्ट्रका अनुसार, राष्ट्रपति भण्डारी नेपाल वायुसेवाको विमानमा काठमाडौंबाट सियाङ हुँदै बेइजिङ पुग्नेछिन् ।

राष्ट्रपति भण्डारीको भ्रमण टोलीमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, राष्ट्रपति कार्यालयका विज्ञहरु शुशीलराज प्याकुर्‍याल तथा लालवावु यादव समेत बेइजिङ प्रस्थान गरेका छन् ।

नेपाल वायुसेवा अधिकारीका अनुसार, लोकतन्त्र प्राप्तिपछि राष्ट्रिय ध्वजाबाहक विमानलाई चार्टड गरेर पहिलोपटक विशिष्ट तहमा यसरी अन्तर्राष्ट्रिय उडान भर्न लागिएको हो । यसअघि, अघिल्लो वर्ष जुन १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जाँदा निजी क्षेत्रको हिमालयन एयरलाइन्स 'चार्टड' गरिएको थियो ।

प्रकाशित : वैशाख ११, २०७६ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्