नुवाकोटमा मनाइयाे सिन्दुरे जात्रा 

कृष्ण थापा

नुवाकोट — नुवाकोटको भैरवीथानमा सिन्दुरे जात्रा मनाइएको छ । राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुर छर्कने कार्य गरेपछि जात्रा सुरु भएको हो । राजा पृथ्वीनारायण शाह नुवाकोटमा विजयी भएको अवसरमा सिन्दुर जात्राको प्रचलन सुरु भएको राजप्रतिनिधि शाहीले बताए । विदुरनगरपालिका २ भैरवीथानमुनि धरपानीमा बाजागाजा र भैरवीको खटसहित कुमारीको उपस्थितिमा तान्त्रिक विधि अनुसार गुभाजुले धामी धमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाएका थिए ।

प्रकाशित : वैशाख ९, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्