कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

झम्सीखेलमा ढल्यो रुख [फोटोहरु]

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — शुक्रबार अपराह्न हावाहुरीसँगै परेको पानीका कारण ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रुख ढलेको छ । रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काएको छ । रुखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसअघि २०७३ सालमा कीर्तिपुरमा हावाहुरीले रुख ढालेको थियो । रुख ढलेर मोटरसाईकल चालकसहित सर्वसाधारणको ज्यानै गएको थियो ।


प्रकाशित : वैशाख ६, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्