प्रि-मनसुनमा भीषण पानी
काठमाडौँ — काठमाडौं उपत्यकामा शुक्रबार हावाहुरीसँगै भीषण पानी परेको छ । हुरीले राजधानीका केही ठाउँमा रुख ढालेको छ । प्रि मनुसुनका गत वर्षहरुमा भन्दा पानी बढी परेको मौसमविद्हरु बताउँछन् । बिहानैदेखि धुम्मिएको काठमाडौंमा शुक्रबार अपरान्ह पानी पर्दा यस्तो देखियो :
मौसमविद्हरुका अनुसार गत वर्षहरुभन्दा यो वर्ष मेघगर्जन, बिजुली चम्कने र गड्यांग गुडुंग बढी भएको छ । यसो किन भयो भन्नेबारे अध्ययन गर्ने तयारीसमेत भइरहेको छ ।