वाह ! वसन्त ऋतु
काठमाडौँ — जताततै विरुवाहरुको पालुवाले बनाएको हरियाली मौसम वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । शिशिर र ग्रिष्म ऋतुको बीचमा आउने वसन्त ऋतुको आगमनसँगै जतातै हरियाली देखिन्छ । चराचुरुंगीहरुको समधुर आवाजले प्रकृतिलाई थप रोमाञ्चित बनाइदिन्छ ।
वसन्त ऋतुलाई प्रकृतिलाई बहार ल्याइदिन्छ । न त धेरै गर्मी न त धेरै जाडो हुने वसन्त ऋतुलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रुपमा लिइन्छ । उजाड प्रकृतिलाई यो ऋतुले पक्राइदिन्छ । त्यही भएर त जीवनमा सधै वसन्त छाओस् भनिन्छ ।
नेपालमा चैत र वैशाखमा वसन्त ऋतु पर्छ । यी महिनालाई घुमफिरको महिनाको रुपमा पनि लिइन्छ ।