कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

तस्बिरमा हेर्नुहोस् बिस्केट जात्रा

तस्बिर : अंगद ढकाल

भक्तपुर — भक्तपुरको सांस्कृतिक एवम् ऐतिहासिक महत्वको प्रशिद्ध बिस्केट जात्रा सुरु भएको छ । चैत्र २७ देखि वैशाख ५ गतेसम्म आठरात नौ दिन धुमधाम मनाइने बिस्केट जात्रा बुधबार बिहान भैरवनाथको नित्यपूजासँगै सुरु भएको हो ।

बिस्केट जात्राको पहिलो दिन काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पूजा गरी साँझ रथ तानेर जात्रा सुरु गरिएको छ । तौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर मनाइन्छ । साथै भैरवनाथको रथमा खड्ग, तरबार, निशान राखिसकेपछि रथ तान्न सुरु गरिएको हो ।

प्रकाशित : चैत्र २७, २०७५ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्