ह्वीलचियर गुडाउन नमिल्ने फुटपाथ चाहिँदैन ! [तस्बिरहरु]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — काठमाडौं उपत्यका भित्र तथा देशभरकै सडक र पेटीहरु अपांग मैत्री बनाउनका लागि संघर्ष गर्दै आइरहेको अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांग मैत्री नभएको भन्दै भत्काइदिएको छ ।

प्रकाशित : चैत्र १४, २०७५ ११:५५

ह्वीलचियरमा आएका संघर्ष समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा कुनैपनि हालतमा ह्वीलचियर गुडाउन मिल्ने नभएका कारण पीक र हतौडाले हिर्काएर फुटपाथ बनाउनका लागि लगाइएको ब्लक भत्काइदिएको हो । उनीहरुले ब्लक भत्काइरहँदा त्यहाँ सुरक्षा निकाय तथा प्रशासनका तर्फबाट कुनै हस्तक्षेप भने भएन ।

उनीहरुले सडक विभागलाई पटकपटक अपांग मैत्री सडक बनाउनका लागि आग्रह गरेको पत्र देखाउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया
पठाउनुहोस्

परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरियो

विज्ञान विषयको परीक्षा रद्ध गर्न सिफारिस
अवधेशकुमार झा

राजविराज — सप्तरीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तरगत बिहीबार विज्ञान विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको खुलेको छ । बिहान ८ बजे परीक्षा सुरु हुनु अगावै प्रश्नपत्र बाहिरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरन्द्र पौडेलले जानकारी दिए । 

परीक्षा सुरु नहुँदै प्रश्नपत्र बाहिरिएको पुष्टि भएपछि राजविराजमा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकलेे विज्ञान विषयको परीक्षा रद्ध गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको समितिका संयोजक समेत रहेका प्रजिअ पौडेलले बताए।

उनले प्रश्नपत्र कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए। प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तरगतको शिक्षा विकास निर्देशनालयका निर्देशक रामाकान्त शर्माले एउटा जिल्लामा प्रश्नपत्र परीक्षा अगावै बाहिरिए पूरै प्रदेशका विज्ञान विषयको परीक्षा रद्ध हुने बताए। त्यसको निर्णय भने परीक्षा नियन्त्रण कार्यालयले नै गर्ने उनले बताए।

प्रकाशित : चैत्र १४, २०७५ ११:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्