कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

६७ वर्षीया युगमायाको एसईई यात्रा [तस्बिरहरु]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — आइतबारबाट सुरु भएको २०७५ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको तयारी गर्दै थिइन्- ६७ वर्षीया युगमाया कार्की । उनले कागेश्वरी मनोहरा नगरपालिकामा रहेको आफ्नै घरमा एसईईको तयारी गरेकी थिइन्  । कार्कीले कक्षा ६ बाट उत्प्रेरणा महिला माविमा पढ्न थालेकी थिइन् । उनको परीक्षा केन्द्र चाहिँ तीनकुने सुविधानगरमा रहेको सिद्धेश्वर माविमा परेको थियो । आइतबार बिहान उनी यही गएर जाँच दिइन् । परीक्षा सकेपछि उनले अनिवार्य अंग्रेजीको परीक्षा राम्रो गरेको बताइन् ।

प्रकाशित : चैत्र १०, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्