कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

हेलिकप्टर दुर्घटनाका मृतकलाई श्रद्धाञ्जली (तस्बिरहरु)

तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, तस्बिर : इलिट जोशी

काठमाडौँ — ताप्लेजु‌ङमा बुधबार भएकाे हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएकाे छ । दुर्घटनामा निधन भएका पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका मृतकलाई राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन् । ‍

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेका मन्त्री अधिकारीसहितको हेलिकप्टर पाथीभाराबाट काठमाडौं फर्कनेक्रममा बुधबार ताप्लेजुङको तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

प्रकाशित : फाल्गुन १७, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्