१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

डीपीएल फाइनल हेर्न दर्शकको ओइरो

कान्तिपुर संवाददाता

काठमाडौँ — तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल हेर्न दर्शकहरु ओइरो लागे । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बनाइएको अस्थायी प्यारापिट शनिबार भरियो । करिव ८ हजार दर्शक क्षमताको उक्त प्यारापीटमा बस्ने ठाउँ नभएर कति दर्शकले मैदान वरपर उभिएरै खेल हेर्नु पर्‍यो ।

धनगढी बजारबाट करिव २ किलोमिटर भित्र रहेको क्रिकेट मैदानमा दर्शकको उलेख्य उपस्थिति रहेको थियो । आयोजकका अनुसार करिव ४५ सय टिकट बिक्री भएको थियो । पछि टिकट किन्न नपाएर दर्शकले हुटिङ गर्न थालेपछि भित्र प्रवेश गराइएको थियो ।

सबै तस्बिरहरुः हेमन्त श्रेष्ठ

प्रकाशित : फाल्गुन ११, २०७५ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्