पिंकाथन काठमाडौंको तेस्रो संस्करण सुरु [फोटोफिचर]

तस्बिर : कविन अधिकारी

काठमाडौँ — पिंकाथन काठमाड‌ौंको तेस्रो संस्करण शनिबार सुरु भएको छ । महिलाको स्वास्थ्य अवस्थाप्रति उनीहरूलाई सचेत गराउने उद्देश्यले दौड सुरु गरिएको हो । बलिउडका मिलिन्द सोमनको युनाइटेड सिस्टर्स फाउन्डेसनले सुरु गरेको यो ‘फ्रेन्चाइज’ पिंकाथन तीन वर्षदेखि अन्तर्राष्ट्रिय संस्करणका रूपमा काठमाडौंमा आयोजना हुँदै आएको छ ।


प्रकाशित : फाल्गुन ११, २०७५ १०:३४

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तस्बिरमा प्रजातन्त्र दिवस मूल समाराेह

तस्बिर : कविन अधिकारी

काठमाडौँ — ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा मंगलबार राजधानीकाे टुँडिखेलमा प्रजातन्त्र दिवस मूल समाराेह आयोजना गरिएकाे छ ।

समाराेहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित भएका थिए ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट निरंकुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

समाराेहमा उपप्रधानमन्त्री, मन्त्रिहरु, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो ।

उक्त अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अंकित ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । समारोहमा सेना, प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउटलगायतका संघ संस्थाबाट मार्चपास गरिएको थियो ।

उक्त समाराेहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो ।

प्रकाशित : फाल्गुन ७, २०७५ ११:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×