कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

रङ्गीचङ्गी सरस्वतीको मूर्ति (फोटोफिचर) 

शब्द/तस्बिर : शाहीमान राई

जनकपुर — मिथिला क्षेत्रमा सरस्वतीको पूजाका लागि मूर्तिकारले कलात्मक तरिकाबाट रंगिविरंगी सरस्वतीको मूर्ति बनाउने गरेका छन् । सरस्वतीको हातमा विणा, पुस्तक तथा वाहनको रूपमा हाँस लगायत विम्बात्मक र प्रतिकात्मक स्वरूपबाट निर्मित कलात्मक मूर्ति मञ्चमा राखेर धूप, बत्ती, फूलमाला र अबिर लगाएर पूजा गर्ने चलन छ ।

वसन्तपञ्चमीका दिन प्रदेश २ मा विद्याकी देवी सरस्वतीको भव्य पूजाआजा गरी मनाइन्छ । सरस्वती पूजाका निम्ति सरस्वतीको प्रतीकका रूपमा कलाकारले आकर्षक, कलात्मक, रङ्गीबिरङ्गी  मूर्ति बनाउँछन् । 

आइतबार श्रीपञ्चमीको दिन मुलुकभर शैक्षिक संस्थाहरूमा सरस्वती पूजा मनाइँदैछ । त्यसमध्ये श्रीपञ्चमीलाई पर्वकै रूपमा तराई–मधेस क्षेत्रमा धूमधामसँग सरस्वती पूजा गरेर मनाउने प्रचलन छ । 

प्रकाशित : माघ २७, २०७५ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्