कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

गुल्मीको रेसुङ्गामा हिउँ खेल्नेको भीड [फोटोफिचर]

माधव अर्याल

गुल्मी, रेसुङ्गा — गुल्मीको धार्मिक एर्व पर्यटकीय स्थल रेसुङ्गा डाँडामा १२ वर्षपछि परेको हिउँ हेर्न र खेल्नेको शनिवार भीड लाग्यो । यसवर्ष रेसुङ्गामा तेस्रो पटक हिउँ परेको हो । 

स्थानीयका अनुसार यसअघि परेको हिउँ अत्यधिक बाक्लो थियो । तर यस पटक बजार नजिकैसम्म हिउँ पर्‍यो । सदरमुकाम तम्घास नजिकै साथै अर्जुन डाँडामा समेत हिउँ परेको थियो । गुल्मीका विभिन्न स्थानका साथै पाल्पा र अर्घाखाँचीबाट रेसुङ्गामा सयौँ व्यक्ति हिउँ खेल्न पुगेका थिए । 

शुक्रवार बेलुकीदेखि रेसुङ्गा क्षेत्रमा हिउँ पर्न सुरु गरेको थियो । हिउँपरेपछि शनिवार बिहानैदेखि रेसुङ्गामा हिउँमा खेल्न स्थानीय पुगेका थिए । बाटो हिलो भए पनि पैदल हिँडेरै यज्ञशाला साथै टावरसम्म पुगेका थिए । 

धार्मिक हिसाबले पनि महत्त्वपूर्ण रहेको रेसुंगामा रहेका यज्ञशाला, मन्दिरहरूमा हिउँ जमेको छ । शुक्रवार वर्षासँगै परेको हिउँले सेताम्य भएका गुल्मीको रेसुंगा क्षेत्र सहित भार्से, लिम्घा, मदाने, सत्यवती, ग्वाघा, अर्खाबाङ् मालिका, शालिमे, दिब्रुङदह, थाप्ले लगायतका स्थानमा बाक्लो हिउँ परेको थियो ।समुन्द्र सतहदेखि २ हजार ४ सय मिटरको उचाइमा रेसुङ्गा रहेको छ । 

प्रकाशित : माघ २७, २०७५ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्