१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

६ वर्षपछि धुन्चेमा हिमपात (फोटोफिचर)

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — शनिबार बिहान सदरमुकाम धुन्चेलगायत जिल्लाको उच्च हिमाली भूभागमा बाक्लो हिमपात भएको छ  । ६ वर्षपछि सदरमुकाम धुन्चेमा बाक्लो हिउँ परेको हो । धुन्चेका स्थानीयमात्र होइन कर्मचारी, यस क्षेत्रमा घुम्न आएका पर्यटक पनि हिँउ खेल्नमा व्यस्त थिए । पहिलोपटक हिउँको अनुभव गर्न पाउँदा एकदमै रमाइलो भएको धुन्चेका स्थानीय रितु घलेले बताइन् । हिउँसँग खेल्ल पाउँदा बालबालिका धेरै खुसी देखिए । हिउँले एक अर्कालाई हानाहान गर्ने सेल्फी खिच्ने, फोटो खिचेर रमाइलो गर्ने धेरै थिए ।

हिमपात र वर्षाको कारण जिल्लाको उत्तरी क्षेत्रमा धेरै जाडो बढेको छ । हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीय बासिन्दाको जनजीवन प्रभावित भएको छ । जिल्लाको उत्तरी भेग लाङटाङ, क्याङजीन, गोसाइँकुण्ड, धुन्चेको लेक, ठूलोस्याफ्रु, ब्राबल, थुमन, गतलाङ, ठूलो हाकु, ग्रे, बृद्धिम, यार्सा लेक, चोलाङपाटी, लौरिविना, नगथली, चन्दनबारी लगायतका ठाउँमा बाक्लो हिमपात भएको छ । हिमपात भएपछि कृषकहरु भने धेरै खुसी भएका छन् । हिउँ परेको वर्ष अन्न धेरै फल्ने कृषकहरु बताउँछन् ।

प्रकाशित : माघ २६, २०७५ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्