कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वाम्बुले राई समुदायको 'खाउमो सिली' (तस्बिरहरु)

शब्द/तस्बिर : कुम्भराज राई

ओखलढुंगा — वल्लो किरातअन्तर्गत ओखलढुंगा, खोटाङ, उदयपुर र सिन्धुली आसपासमा वाम्बुले राई समुदायको बाक्लो बस्ती छ । उनीहरुको संस्कारअन्तर्गतको मुख्य कुल पूजाको रुपमा खाउमोलाई लिइन्छ ।

माघ र फागुन महिनामा खाउमो गर्ने चलन छ । यतिखेर वाम्बुले बस्तीहरुमा प्रत्येक दिनजसो कुनै न कुनै घरमा खाउमो गरिएको भेटिन्छ ।

खाउमोमा नाच्ने नृत्यलाई ‘खाउमो सिली’ भनिन्छ । हेर्दा साकेलाजस्तै लागे पनि यो साकेला भन्दा केही फरक हुन्छ । झ्याम्टा बजाएर महिला र पुरुषको छुट्टाछुट्टै चालमा खाउमो नाचिन्छ ।

राँगा र सुँगुरलाई धनुवाणले हानेर बली चढाउने प्रचलन छ । खाउमो शुभ र अशुभ कार्य गरी दुई प्रकारको गरिन्छ । खाउमो पूजा एउटै घरमा तीन दिनसम्म गरेपछि मात्रै सकिन्छ ।

मानेभन्ज्याङ गाउँपालिका ५, क्वाक्ट्वाम्पु गाउँको एक घरमा मंगलबार गरिएको खाउमो र खाउमो सिलीका केही तस्बिरहरु ।

प्रकाशित : माघ २२, २०७५ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्