कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

उत्तर गयामा भक्तजनको भीड [फोटोफिचर]

शब्द/तस्बिर : बलराम घिमिरे

रसुवा — रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तर गयामा शनिवार भक्तजनको भीड लागेको छ । त्रिशूली र फलाखु खोलाको संगमस्थल रहेको उक्त क्षेत्रमा बर्सेनि पौषीऔंशीका दिन हजारौँ भक्तजनहरूले दिवङ्गत आमाबुवा तथा आफन्तका नाममा श्राद्ध, दान, तर्पण गर्दछन् । शनिवार पनि बिहानैदेखि भक्तजन नदी किनारमा भरिभराउ थिए ।

पितृको नाममा हिन्दु धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन् भने बौद्धमार्गीहरुले मृत्यु भएका आफन्तका नाममा लामाहरूले मन्त्र पढ्ने र बत्ती बाल्ने गर्छन् ।भारतको गया जान नसकेका श्रद्धालुहरू यही ठाउँ आउँछन् । यस स्थानमा परलोक भएका आफ्ना बाबु आमाको नाममा श्राद्ध गरेमा २० पुस्ताअघिका पितृ मोक्ष प्राप्ति गरी स्वर्ग जाने जनविश्वास रहेको स्थानीय मुक्तिनाथ भट्टराई बताए ।

स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तर गया क्षेत्रमा त्रिशूली नदी र देवी गङ्गा नदी बगेकाले त्यस ठाउँलाई बेत्रगंगा भनिन्छ । उत्तरगयामा भारतका विभिन्न प्रान्तदेखि, काठमाडौँ, धादिङ, काभ्रे, चितवन, कास्की, नवलपरासी, मकवानपुर, गोरखा, पर्सालगायत जिल्लाबाट बर्सेनि भक्तजनहरू आउँछन् । आजै नेपालका धार्मिक स्थलहरू पशुपति, गोकर्ण, मातातीर्थ, बराहक्षेत्र र बेत्रावती धाममा भक्तजनहरू भीड लाग्ने गर्छन् ।

प्रकाशित : पुस २१, २०७५ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्