कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनुमोदित प्रधानन्यायाधीशको अनौपचारिक मुड [फोटोफिचर]

तस्बिरहरु : किरण पाण्डे

काठमाडौँ — संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरालाई अनुमोदन गरेपछि मंगलबार साँझ सुकेधारामास्थित निवासमा एकाएक चहलपहल बढ्यो ।

राणालाई उनकै निवासमा बधाई दिनेहरु आइरहेका थिए । खुसी मुद्रामा, अनौपचारिक पोशाकमा देखा परेका राणाले कान्तिपुरलाई तस्बिर खिच्ने अनुमति दिए ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम छ । संवैधानिक परिषदले जबरालाई प्रधानन्याधीशमा सिफारिस गरेको थियो । जबराको कार्यकाल चार वर्षको रहने छ ।

जबराको निवास ।

प्रकाशित : पुस १७, २०७५ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्