२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

भूकम्प अघि र पछिका फोटोहरू प्रदर्शनीमा [फोटोफिचर]

तस्बिर : अंगद ढकाल, सुनिता साखकर्मी

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तीन वर्ष पुरा भएको अवसरमा प्राधिकरण र फोटो पत्रकार क्लब(पीजेक्लब)ले बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भूकम्पअघि र पछिका फोटोहरू प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा भूकम्पपछिका अवस्था र अहिले पुनर्निर्माण हुँदै गरेका र सम्पन्न भएका थुप्रै फोटाहरू राखिएका छन् । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको स्याउले, चौतारा, सिंगटी, गोरखाको बारपाक, लाप्राक, मान्द्रे, लमजुङको मंगलटार, नुवाकोटको शिखरबेसी, रसुवाको गातलाङ, ओखलढुंगाको ठुलो छाप, दोलखाको जिलु गाउँ, राजधानीका घर लगायत विद्यालय, धार्मिक मठमन्दिर, गुम्बाहरूको पुन निर्माण र निर्माणाधिन फोटोहरू प्रदर्शनीमा छन् ।

मङ्गलवार प्रदर्शनीको उद्घाटन गर्दै प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले फोटोको माध्यमबाट महाभूकम्पको चोटलाई सङ्ग्रह गरी भावी पुस्तालाई देखाउनका लागि सहयोग पुग्ने बताए ।

भूकम्पपछि मानिसहरू कसरी पुन: उठेका थिए भन्ने अनुभव अरूलाई दिन जरुरी रहेको र भावी पुस्ताका लागि यो अध्ययन अनुसन्धानको विषय हुन सक्ने उनले बताए । प्रदर्शनी बिहीबारसम्म चल्नेछ ।

प्रकाशित : पुस ११, २०७५ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्