१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दोस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव सुरु [फोटो फिचर]

सुनिता साखकर्मी

काठमाडौँ — वाटर कलर अर्थात् जल रङ । पानीसित रङको सम्मिश्रण गर्दै चित्र कोर्नु । सुन्दा सामान्य लागेपनि वाटर कलर गर्न भने गाह्रो रहेको चित्रकारहरु बेलाबेला बताउने गर्छन् ।

यतिबेला विश्वका विभिन्न देशका वाटर कलर पेन्टिङहरु काठमाडौं आइपुगेका छन् । सोमबारबाट बबरमहलस्थित दोस्रो इन्टरनेशनल वाटरकलर फेस्टिभल तथा बृहत चित्रकला प्रदर्शनी सुरु भएको छ ।

इन्टरनेशनल वाटर कलर सोसाइटी नेपालले गरेको प्रदर्शनीमा ४० देशका ३ सय चित्र प्रदर्शित छन् । सोमबार नेपाल सात जना र विदेशका पाँच गरी स्थलगत रुपमा चित्र कोरे । प्रदर्शनीमा नेपालसहित अमेरिका, भारत, बंगलादेश, अल्वानिया, अष्ट्रेलिया, मंगोलिया, बेलायत, चीन, जर्मनीलगायत देशका कलाकार सहभागी छन् ।

इन्टरनेशनल वाटरकलर सोसाइटी नेपालले सन् २०१६ मा प्रथम अन्तराष्ट्रिय बृहत जलरंग कला महोत्सव र पोखराको घान्द्रुकमा स्थलगत चित्रकला कार्यशाला गरेको थियो । प्रदर्शनीको उद्घाटन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरे । उद्घाटन पछि बोल्दै उनले यस्ता फेस्टिभलमा सहभागी विदेशी कलाकारहरुलाई नेपाली प्रकृति र सम्पदालाई चित्र मार्फत् विश्वमा फिजाउने बताए ।

उनले भने, ‘नेपालमा पर्यटन बढाउनको लागि कलाले पनि धेरै महत्वपूर्ण भूमिका खेलेको उदाहरण यस्ता फेस्टिभलले दिन्छ ।’ मंगलबार र बुधबार दुई दिन चित्रकारले लुम्बिनीलाई क्यानभासमा उतार्ने छन् भने प्रदर्शनी मंसिर २३ गतेसम्म चल्नेछ ।


प्रकाशित : मंसिर १७, २०७५ १७:५२
प्रतिक्रिया
पठाउनुहोस्