कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

भेंडीगोठले तानिँदै पर्यटक [फोटोफिचर]

शब्द/तस्बिर : लालप्रसाद शर्मा

पोखरा — सरकारले हालैमात्र नयाँ पर्यटकीय गन्तव्य घोषणा गरेको छ, कास्कीको मादी गाउँपालिकाको सिकलेस क्षेत्र । अन्नपूर्ण हिमश्रृंखला र लमजुङ हिमालको काखमा, गुरुङ समुदायको बाक्लो बस्ती रहेको सिकलेस सफा र चिरीच्याट्ट छ ।

पर्यापर्यटनमा उत्कृष्ट, पर्यटकलाई गरिने आतिथ्यता, कला, संस्कृति, शान्त र जैविक विविधताले धनी छ उक्त गाउँ । यीबाहेक अर्को विशेषता पनि यहाँ जानेले अवलोकन गर्न पाउँछन्, त्यो हो भेंडीगोठ । दुई हजार मिटरको उचाईमा रहेको गाउँमा यतिबेला भेंडीगोठ देख्न सकिन्छ । चिसो मौसमसँगै भेंडीगोठ बेंसीतर्फ अर्थात् गाउँतिर ल्याइएको छ । पर्याप्त चरन क्षेत्र, खर्क, लेक, वनजंगल भएकाले भेंडापालन फस्टाउँदो छ ।

स्थानीयले भेंडाको ऊनबाट राडीपाखीलगायत बुन्ने गर्छन् । स्थानीय पर्यटन व्यवसायी धन गुरुङ (माइला) का अनुसार सिकलेस गाउँमा ३ भेंडीगोठ र ५ बाख्रा गोठ छन् । यी भेंडीगोठ र भेंडाबाख्राका बथान देखेर पनि गाउँ आउने आन्तरिक र बाह्य पर्यटकले मनोरञ्जन लिने गर्छन् । ‘पर्यटकका लागि भेंडीगोठ पनि आकर्षण बनेको छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २५, २०७५ १६:३४
प्रतिक्रिया
पठाउनुहोस्