२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

फूलैफूलको मौसम...

पर्वत पाेर्तेल

भद्रपुर (झापा) — चाडपर्वका बेला प्रयोग हुने फूलमा वर्षेनी भारतको भर पुर्नपर्छ । तर, झापाका केही किसानले भने स्वदेशमै फूल खेती गरेर भारतमाथिको परनिर्भरता घटाउने चेष्टा गरेका छन् । 

भद्रपुर झापाका दम्पती खेमराज दाहाल तथा खगेन्द्रा खुसीले भद्रपुरमा २ बिगाह क्षेत्रफलमा सयपत्री र मखमलीको व्यवसायिक खेती गरेका छन् । यतिबेला उनीहरुको फूलबारी सयपत्री मखमलीले ढकमक छ ।

चाड पर्वमा मात्र होइन, विभिन्न सभा समारोहमा समेत फूल र माला अनिवार्य जस्तै छ । तर, सधै भारतकै भर पर्नु तीतो यथार्थ छ । दाहाल भन्छन्,‘सधै भारतको भर गर्नु नपरोस भनेर खेती सुरु गरेका हौ ।’

भद्रपुर–७ इलुबारीको लिजमा लिएको करिब दुई बिगाहा १० कठ्ठा जमीनमा फूल खेती गरिएको छ । फूल खेती गर्न करिब ५ लाख रुपैयाँ लगानी गरिएको दाहालले जानकारी दिए । ‘फूलको विक्रीबाट लगानी चै उठाउने योजना छ’, पौडेल भन्छन् ।

जिल्लाका मेचीनगर, विर्तामोड लगायतका क्षेत्रका किसानले समेत दाहाल दम्पतीले झै फूल खेती गरेका छन् ।

सबै तस्बिरहरुःपर्वत पोर्तेल/कान्तिपुर

प्रकाशित : कार्तिक १४, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्