साझाले ल्यायो बिजुली बस

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — साझा यातायातले मंगलबार विद्युतीय बसको परीक्षण गरेको छ । प्रधानमन्त्री केपी ओलीले साझाले ल्याएको विद्युतीय बसको मंगलबार बिहान उद्घाटन गरे । 


प्रकाशित : कार्तिक ६, २०७५ १२:३७

उक्त बसमा चढेर ओली पुल्चोकस्थित साझा यातायातको कार्यालयबाट सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयसम्म पुगेका थिए । 

साझा यातायातका अध्यक्ष कनकमणि दिक्षितका अनुसार बसहरु लुम्बिनी क्षेत्रमा सञ्चालन गरिने भएपनि भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नबनेसम्म राजधानीकै खाल्डखुल्डीरहित सडकमा सञ्चालन गरिने छ । 

बसको सीट क्षमता १९ रहेको छ भने उभिएर समेत यात्रा गर्दा ३५ जना बसमा अट्ने बताइएको छ । 

चिनियाँ कम्पनीबाट प्रतिगोटा २ करोड रुपैयाँमा खरिद गरेको मध्ये २ वटा बस काठमाडौं आइसकेको छ भने अन्य तीन वटा आउने क्रममा रहेको पनि जनाएको छ । 

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

डा. केसीको समर्थनमा टर्च र्‍याली [तस्बिरहरु]

तस्बिर : इलिट जोशी/कान्तिपुर

काठमाडौँ — अनशनरत डा.गोविन्द केसीको समर्थनमा काठमाडौंमा टर्च र्‍याली निकालिएको छ । विवेकशील साझा पार्टीको अगुवाईमा मंगलबार साँझ त्रिवि शिक्षण अस्पतालदेखि बालुवाटारसम्म टर्च लाइट र्‍याली निकालिएको हो । र्‍यालीमा उक्त पार्टीका नेता, कार्यकर्ता र केही सर्वसाधारण सहभागी थिए ।

डा. केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै गत असार १६ देखि अनशनमा छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन सुरु गरेपनि स्वास्थ्य अवस्था जटिल बनेपछि काठमाडौं ल्याइएको थियो । उनी अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत छन् ।

प्रकाशित : श्रावण ८, २०७५ २०:१६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT