१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तस्बिरमा हेरौं तौलिहवामा दुर्गा झाँकी विसर्जनको रौनक

तस्बिर : मनोज पौडेल

तौलिहवा — दसैंका बेला निकालिने दुर्गा झाँकी विसर्जन गरिएको छ । कहिँ घटस्थापनाका दिनदेखि, कहिँ सप्तमीका दिनदेखि श्रद्धालु भक्तजनले दुर्गा झाँकी निकालेका थिए । कपिलवस्तु नगरपालिकाको १४ वटै वडामा निकालिएको दुर्गा झाँकी रामघाट र जमुवार खोलमा सेलाइएको छ ।

बाजागाजा र धार्मिक गीत बजाई नाच्दै करिब ४० बढी दुर्गा झाँकी रामघाटमा सेलाइएको थियो । दुर्गासँगै गणेश, लक्ष्मी, सरस्वती, शिव र कार्तिके लगायत भागवानका मूर्ति पनि विसर्जन गरिएको थियो । सदरमुकाममा मात्र २५ बढी दुर्गा झाँकी निकालिएको थियो ।

प्रकाशित : कार्तिक ४, २०७५ २०:०२
प्रतिक्रिया
पठाउनुहोस्