२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

दशैंमा रोटेपिङ

शब्द/तस्बिर : कुम्भराज राई

ओखलढुंगा — पहाडी गाउँघरमा दशैंको बेला देखिने रोटेपिङ हिजोआज लोप हुँदै गएको छ । कतैकतै मात्र रोटेपिङ देख्न पाइन्छ । त्यही पनि पहिले पहिले देखिने ठूलो आकारको रोटेपिङ भेटिन धौधौ छ । काठको अभाव, पिङ बनाउनका लागि खटिने युवा जनशक्तिको अभाव प्रमूख कारण हुन् ।

प्राचीन संस्कारहरु लोप हुँदै गएपछि अहिलेको पुस्ताहरु मनोरञ्जनका लागि टेलिभिजन, इन्टरनेट, मोबाइलमा रमाउन थालेका छन् । यहाँको सिद्धिचरण नगरपालिका ११ स्थित होल्पुडाँडामा वर्षेनी लगाइने रोटेपिङ लगाउन छोडेको ११ वर्ष भएको थियो । यसवर्ष केही स्थानीयको पहलमा फुलपातीको दिनदेखि सञ्चालनमा आएको छ ।

केटाकेटीहरु रोटेपिङमा रमाउन थालिसकेका छन् । दशैंको टिका लगाएपछि एकपटक भुईँ छोड्नुपर्छ (पिङ खेल्नुपर्छ) भन्ने पुरानो मान्यता छ । लिङ्गे पिङ सहजै उपलब्ध भएपनि रोटेपिङ भने सिमित ठाउँहरुमा मात्र भेटिन थालेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७५ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्