१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

साफ च्याम्पियनसिप २०१८ : हेरौं तस्बिरमा नेपालको अभ्यास सत्र

शब्द/तस्बिर: कञ्चनअधिकारी

बंगलादेश — साफ च्याम्पियनसिप २०१८ को समूह ए अन्तर्गत बिहीबार नेपाल भुटानसँग खेल्दै छ । यो नेपालको दोस्रो खेल हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा बिहीबार स्थानीय समयअनुसार ४ बजे खेल हुँदै छ ।

पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपाल दास्रो खेलमा भुटानलाई जसरी पनि जित्ने दाउमा छ ।

आफ्नो दोस्रो खेलको लागि नेपाल बुधबार मध्यान्ह शेख अजमल रंगशालामा अभ्यास सत्रमा सहभागी भएको थियो । अभ्यास सत्रका क्रममा मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जित्नका लागि खेल्ने बताए ।

प्रकाशित : भाद्र २०, २०७५ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्