कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बढ्दो छ लुम्बिनीको आकर्षण [फोटोफिचर]

शब्द/तस्बिर : हरिहरसिंह राठाैर

लुम्विनी — लुम्विनी, बुद्ध धर्मावलम्बीहरुको लागि आस्थाको केन्द्र । यहाँ वार्षिक आन्तरिक र वाह्य गरि १६ लाखको हाराहारीमा पर्यटक आउने गर्छन् । 

गत जनवरीदेखि मात्र भारतीय ९९ हजार भन्दा बढी, नेपाली ७ लाख भन्दा बढी र अन्य तेस्रो मुलुकका पर्यटक डेढ लाख भन्दा बढीले भगवान वुद्धको जन्मस्थल र वुद्धसंग जोडिएका नवलपरासी र कपिलवस्तुका वौद्ध धामहरुको अवलोकन गरि सकेका छन् । ‘यो संख्या मंसिर अन्त सम्म १५/१६ लाखको हाराहारीमा पुग्छ’ लुम्विनी विकास कोषका अधिकारीहरु भन्छन् । 

विभिन्न छलफल र अनुसन्धान पछि नेपाल सरकारले सन १९७२ देखि जापानी प्राध्यापक विज्ञ केन्जो टाँगेको नेतृत्वमा लुम्विनीको वृहत गुरुयोजनाको आरम्भ गरि १९७८ मा उक्त गुरुयोजनालाई स्वीकृत गरेको थियो । गुरुयोजनाका अध्येताले नेपाल सरकारलाई पाँच ट्रक दस्तावेजहरु हस्तातरण गरेका थिए । तत्कालिन अवस्थामा त्यस भेकका ७ वटा गाउँलाई अधिकरण गरि ११ सय ५५ विगाह क्षेत्रफलमा लुम्विनीलाई विश्व सम्पदाका रुपमा विकास गर्न १९८५ मा समिती वाट स्वायत्त कोषका रुपमा परिणत गरियो । 

लुम्बिनी र गौतम वुद्धसँग सरोकार राख्ने माईती, मावली, जन्मस्थललगायतका तिलौराकोट, कुदान, गोटिहवा, निग्लिहवा, सग्रहवा, अरौराकोट, तिलौराकोट, कुदान गोटिहवा, निग्लिहवा, सग्रहवा, अरौराकोटलाई वौद्ध दर्शन सँग जोडेर विसम्पदा सूचीमा राखिएकोछ । गुरुयोजना पछि लुम्विनी क्षेत्रमा वौद्ध धर्म अंगीकार गरेका विस्वका अन्य देशहरुलाई पनि आ आफना विश्वको मौलिक परम्परामा वौद्ध विहार र गुम्वाहरु निर्माण गर्न स्वीकृत दिईयो, उक्त गुम्वाहरु निर्माण गर्न उक्त परिसरमा डेढ सय कित्ता जग्गा भाग लगाईए पनि हाल सम्म २८ वटा देशले मात्रै आफनै मौलिक शैलीमा आकर्षक वौद्ध विहारहरु निर्माण गरेका छन् । 

जर्मन, चीन, थाईलैण्ड, कोरिया, म्यान्मार, कम्वोडिया, क्यानडा, श्रीलंका, स्वीजरल्याण्ड, लगायतका २८ देशले वौद्धविहार निर्माण गरेर आफनै देशका भिन्ते (लामा गुरु) राखेका छन् । नेपालको राजकीय वौद्ध विहारबाहेक सांसद जीप छिरिङ्ग लामाले पनि आकर्षक वौद्ध विहारको निर्माण गराएका छन् । वौद्ध विहार निर्माण गर्ने देशका पर्यटकहरु आए पछि आवास तथा भोजनका लागि सवै विहारहरुले गेष्ट हाउस र होटल समेत सञ्चालन गरेका छन् । विहारका लामा गुरुहरुको आवास पाँचतारे होटलको जस्तै सुविधा सम्पन्न छ । 

लुम्विनी विकास गुरु योजनाले निर्दिष्ट गरे वमोजिमको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइ आगामी ३ वर्षमा बाँकी कार्य पनि सम्पन्न हुने कोषका सदस्य सचिव ढकालले बताए । लुम्विनी परिसर नजिकैका ठुला कलकारखाना तथा उद्योगहरुले प्रदुषण बढाएको आरोप लागेपछि सबै उद्योगहरुलाई छिमेकी जिल्ला नवलपरासी तिर स्थान्तरण गर्ने कार्य पनि भइरहेको छ ।

प्रकाशित : श्रावण २९, २०७५ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्