डा.गोविन्द केसीलाई प्रहरीले बल प्रयोग गरेर काठमाडौं पठाएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको हो ।
जाजरकोटको वारेकोट भेकबाट आउने भेरी नदीको सहायक नलसिंहगाडले हरेक वर्षातमा दाउरा बगाएर ल्याउँछ । यसरी बगाएर ल्याउने दाउरा तल्लो तटीय गाउँवस्तीका बासिन्दाहरुका लागि इन्धनको स्रोत हो । त्यही दाउराको लागि उनीहरुले ज्यान जोखिममा पार्छन् ।
खुलामञ्च राजधानीको मुटुमा रहेको एक मात्र खुलास्थल । राजनीतिक परिवर्तनदेखि अन्य धेरै प्रकारका साँस्कृतिक अवयवहरुको साक्षी बन्दै आएको ठाउँ ।
नेपाल प्रहरीले बालुवाटारबाट अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । सरकारका स्वतन्त्रता विरोधी नीति र स्वेच्छाचारी निर्णय विरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा शनिबार प्रधानमन्त्री निवास अगाडि आयोजित शान्तिपूर्ण धर्ना तथा प्रदर्शन कार्यक्रममा ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिवि शिक्षण अस्पतालका विद्यार्थीहरूले शुक्रबारदेखि माइतीघर मण्डलामै बहिरंग (ओपीडी) सेवा सुरु गरेका छन् । स्वास्थ्य शिक्षा सुधारको माग गर्दै १४ औं दिनदेखि जुम्लामा आमरण अनशनमा रहेका डा. गोविन्द केसीको समर्थनसहित उनीहरुले मण्डलामा प्रदर्शन तथा ओपीडी सेवा दिएका हुन् । यसरी गरियो मण्डलामै ओपीडी सेवा ।
लगातारको वर्षाले भक्तपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । वर्षाका कारण सयौ घर, विद्यालय, अस्पताल र मठमन्दिरहरू डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पसेपछि मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार क्षेत्र, राधेराधे क्षेत्र, निकोसेरा, दुवाकोट, सिर्जनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौं घर डुबानमा परेका छन् ।