कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

उद्धारकाे पर्खाइमा गोबरगाढा (फोटो र भिडियो)

अवधेशकुमार झा

गोबरगाढा (सप्तरी) — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाका बासिन्दा ६ दिनयता पानी माथि बस्न बाध्य छन् । घर, अाँगन सबै जलमग्न भए पछि उनीहरु बगिरहेको पानी माथि खाट राखेर बसेका छन् ।

कोसीका २ वटा भंगालो गोबरगाढाबस्तीका घरहरुबाटै बग्न थालेपछि उनीहरु असुरक्षित भएका हुन् । केही स्थानीय विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । विद्यालयमा पनि पानी पस्ने जोखिमले उनीहरुको बसाइँ त्यहाँ पनि सुरक्षित छैन् ।

कष्टपूर्ण अवस्थामा भए पनि गोबरगाढासम्म अझै राज्य पुग्न नसकेको प्रति स्थानीय आक्रोसित छन् । बालबालिका बिरामी पर्न थालेका छन् ।

खाद्यान्न अभावमा स्थानीय भोकै बस्न बाध्य छन् । खानेपानीका टयुबेल पानीमा डुबेकाले स्थानीय धमिलो पानी खान बाध्य छन् ।

हनुमाननगरबाट ४ घण्टासम्म जोखिमपूर्ण डुंगा यात्रापछि मात्र अहिले गोबरगाढा पुग्न सकिने अवस्था छ । उनीहरुले तत्काल अन्यत्र सारेर सुरक्षित बनाउनुपर्ने माग गरेका छन् ।

प्रकाशित : श्रावण १, २०७५ १२:४०

प्रतिक्रिया
पठाउनुहोस्