कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

साँघुरियो खुलामञ्च

कान्तिपुर संवाददाता

काठमाडौँ — खुलामञ्च राजधानीको मुटुमा रहेको एक मात्र खुलास्थल । राजनीतिक परिवर्तनदेखि अन्य धेरै प्रकारका साँस्कृतिक अवयवहरुको साक्षी बन्दै आएको ठाउँ । 

केही वर्षयता यसलाई अन्य प्रयोजनका लागि प्रयोग गर्न अतिक्रमण तिब्र पारिएको छ । राजनीतिक दलका आमसभा गर्नेदेखि ठूला सभा समारोह गर्ने र विभिन्न जातजातिका साँस्कृतिक पर्वहरु मनाउँदै आएको खुलामञ्चमा अव त्यसका लागि ठाउँ छैन । केही अघि सरकारले राजधानीमा प्रदर्शन गर्ने स्थानहरु तोक्दा खुलामञ्च पनि तोकिएको थियो । तर, अहिले त्यसका लागि पनि ठाउँ छैन ।

यसको आधा भागमा सहरी वसपार्क बनाइएको छ । पुरानो बसपार्कमा बहुउदेश्यीय भवन बनाउने योजना बनेदेखि नै यहाँ पुरानो बसपार्क सारिएको हो ।

त्यसपछि मञ्च रहेको भागसहितको क्षेत्रमा सार्वजनिक पार्किङस्थल बनाइएयो । यसको ठूलो हिस्सामा अहिले नजिकै बन्दै गरेका सैनिक अस्पताल र वीर अस्पतालका निर्माण सामग्री थुपारिएका छन् । तस्बिरहरु : सुरविन्द्रकुमार पुन/कान्तिपुर ।


प्रकाशित : असार ३२, २०७५ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्