बालुवाटारबाट अधिकारकर्मी पक्राउ

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नेपाल प्रहरीले बालुवाटारबाट अधिकारकर्मीलाई गिरफ्तार गरेको छ । सरकारका स्वतन्त्रता विरोधी नीति र स्वेच्छाचारी निर्णय विरुद्ध मानव अधिकार तथा शान्ति समाजद्वारा शनिबार प्रधानमन्त्री निवास अगाडि आयोजित शान्तिपूर्ण धर्ना तथा प्रदर्शन कार्यक्रममा ३२ जना अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई महानगरीय प्रहरी वृत्त अनामनगरमा राखिएको छ । पक्राउ पर्नेमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, संस्थापक सदस्य कृष्ण कँडेल, सभापति डा.गंगाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, होमकान्त चौलागाई, अन्जना अर्याल , लक्ष्मी पुडासैनी, बटुकृ्ष्ण ढुंगेल सहित ३२ जना छन् । उनीहरुलाई प्रधानमन्त्री निवास बालुवाटार ३ नं गेटबाट प्रहरीले गिरफ्तार गरेको हो । 


प्रकाशित : असार ३०, २०७५ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्