डा. केसीकाे समर्थनमा बृहत प्रदर्शन (फोटोफिचर)
काठमाडौँ — दुई सातादेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन गरिएकाे छ । डा. केसीकाे जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै शनिबार र्याली र प्रदर्शन गरिएकाे हाे । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक लगायत विभिन्न पेशा व्यवसायमा अावद्ध ब्यक्ति सहभागी छन् ।