कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी गरिँदैछ उपत्यकामा डुबान पीडितको उद्धार (फोटोफिचर)

तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — बुधबार राति देखिकाे वर्षाले भक्तपुर क्षेत्रका डुबानमा परेकाकाे उद्धार जारी छ । बिहीबार बिहानै देखि उद्धारकर्ताहरु खटिएका छन् । भक्तपुरकाे राधे राधे, ठिमी, जगाती लगायतका क्षेत्रमा डुबानले बढी प्रभावित बनाएकाे छ । सुरक्षाकर्मीले राधे राधे क्षेत्रबाट केहीलाई सुरक्षित स्थानमा स्थानमा सारेकाे छ ।


प्रकाशित : असार २८, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पामा बस दुर्घटना, २६ जना घाइते

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको भालेबासमा बिहीबार बिहान भएको बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । घटनामा ५ यात्रु गम्भीर घाइते भएका छन् । 

भैरहवाबाट बाग्लुङ्ग जाँदै गरेको लु१ख ७२७२ नम्बरको बस तानसेन नगरपालिका–८ मा दुघर्टनामा परेको हो ।

घाइते सबैको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । पाल्पाबाट नेपालगञ्ज छुटेको लु १ ख ८१२७ नम्बरको बसले घुम्तीमा साइड बढी च्याप्दा भैरहवाबाट आउदै गरेको बस तीव्र गतिमा भएकाले घुम्तीमा स्टेरिङ्ग मोड्न नसक्दा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनाग्रस्त बस २० मिटर तलको खोलामा खसेको छ ।

प्रकाशित : असार २८, २०७५ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×