कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

यसरी गरियो पोखरामा विपद् व्यवस्थापन तयारी अभ्यास [फोटोफिचर]

शब्द/तस्बिर : लालप्रसाद शर्मा

पोखरा — पोखरामा मंगलबार विपद् व्यवस्थापनसम्बन्धी तयारी अभ्यास गरिएको छ । कास्की जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना र नेपाली सेनाको सिद्धिबक्स गणको संयोजनमा भएको अभ्यासमा आगलागी, बाढीपहिरो, डेभिज फल्समा फँसेका र फेवातालमा डुबेकाको उद्धार गरिएको थियो ।

कुनै पनि बेला जस्तोसुकै विपद् आउनसक्ने भएकाले तयारी आवश्यक रहेको सन्देश दिन, सुरक्षा निकाय र अन्य सरोकारवालाबीचको समन्वय कसरी हुन्छ भन्ने सन्देश दिने उद्देश्यले अभ्यास गरिएको समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए । ‘यो एउटा तालिम पनि हो । विपद्‌ आउनुअघिको तयारीमा सर्वसाधारण पनि सचेत हुन आवश्यक छ भन्ने सन्देश दिन खोजिएको हो’ उनले भने, ‘जिल्लामा १० वर्षयताको विपद्को तथ्यांकका आधारमा जोखिम नक्सांकन भएको र त्यसैलाई मध्यनजर राख्दै ५ विपद्को पूर्वाभ्यास गरिएको हो ।’ यस्तो अभ्यासले तयारीलाई मजबुत बनाउने र विपद्पछिको खोज, उद्धार र राहत रहेको र यसलाई प्रभावकारी बनाउन पूर्वतयारी आवश्यक रहेको उनले बताए ।

सिद्धिबक्स गणका गणपति मदन थापा क्षेत्रीले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १ सय ६५ सुरक्षाकर्मी पूर्वाभ्यासमा खटिएको बताए । यस्तो अभ्यासले विपद्का बेला जोखिम न्यूनिकरणमा सहयोग पुग्ने विश्वास उनले गरे । खोज, उद्धार र राहत जस्ता प्रतिकार्यले जनधनको क्षति कम गराउने उनको भनाइ थियो । अभ्यासमा रेडक्रस, जिल्ला जनस्वास्थ्लगायत सरोकारवालाको पनि सहभागिता थियो । दमकल, एम्बुलेन्स पनि व्यापक मात्रामा परिचालन गरिएको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्