कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हेलिकप्टरको चटारो (फोटोफिचर)

मनोज पौडेल

लुक्ला (सोलुखुम्बु) — लुक्लामा अहिले हेलिकप्टरलाई भ्याइनभ्याइ छ । पर्यटकीय मौषम सकिन लागेपछि लुक्ला विमानस्थलको हेलिप्याडमा हेलिकप्टरको आवतजावत निक्कै बाक्लो भएको छ । एकैपटक ६ वटासम्म हेलिकप्टर ल्याण्ड गर्ने गरेका छन् ।

विदेशी पर्यटकलाई एक ठाउँबाट ल्याउन नपाउँदै हेलिकप्टर अर्को ठाउँकालागि उड्ने गरेको छ । पर्यटक पनि गन्तव्यमा जानकालागि लाम लागेर उभिने गरेका छन् ।

कतिपय पर्यटकले माउण्टेन फलाईट गर्ने गरेका छन् । मंगलबार मौषम सफा भएपछि बिहान ७ बजेदेखि १० बजेसम्म २८ बढी फलाईट भएको उनले बताए ।

विशेष गरी पर्यटकलाई सगरमाथा बेस क्याम्प, नाम्चेबजार, खुम्जुङ, लुबुचे र टिङ्बुचे लगायतका ठाउँमा ल्याउने लैजानेमै हेलिकप्टरलाई दिनभर भ्याइनभ्याइ हुने एयर डाईनेष्टीका असिस्टेन्ट म्यानेजर आषिश सुन्दासले बताए ।

अहिले सगरमाथा आरोहण गरेर फर्किने आरोहीले गर्दा पनि फ्लाईट ह्वात्तै बढेको छ । कतिपय हेलिकप्टरले पर्यटकलाई काठमाडौंसम्म ल्याउने लैजाने गरेका छन् ।

यहाँ कैलाश, हेली एभरेष्ट, मनाङ, अल्टिटीयुट, एयर डाईनेष्टी र सिम्रिक एयरले सेवा दिने गरेका छन् । मौषम सफा भए दिनभरमा ८० फ्लाईटसम्म हुने गरेको एयर डाईनेष्टीका असिस्टेन्ट म्यानेजर सुन्दासले बताए । मार्च, अप्रिल र मे महिना यहाँको पर्यटकीय मौषम हो ।

तस्बिर : मनोज पौडेल

प्रकाशित : जेष्ठ १४, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्