कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पुनहिलबाट देखिएको दृश्य [फोटोफिचर]

कान्तिपुर संवाददाता

म्याग्दी — अन्नपूर्ण पदमार्गअन्तर्गत विश्व प्रशिद्ध गन्तव्य हो, पुनहिल । ३ हजार दुई सय १० मिटर अग्लो पुनहिल डाँडो धौलागिरि र अन्नपूर्ण हिमालको घेरो र सूर्योदय तथा सूर्यास्त हेर्न परिचित छ । अगुवा स्व. टेकबहादुर पुनले ‘पुनहिल’ नामकरण गरेका हुन् । नयाँ नामकरण हुनु पहिला स्थानीय लुङतुङ डाँडो भन्थे ।

पुनहिल पुग्न नजिकको सहर पोखराबाट एक दिन लाग्छ । बाटोभरीका हरेक बिसौनीहरुमा होटल र रेस्टुरेन्ट पाइने हुँदा चियानास्ता र बाटो बिराइएला वा कहींकतै वितरा परिएला भन्ने डर मान्नु पर्दैन । यी रेस्टुरेन्टहरुमा स्वदेशीदेखि विश्वभरका खाना र खाजाका परिकार पाइन्छ, गच्छेअनुसार खान सकिन्छ ।

पुनहिल डाँडामा पुग्ने उकालो बाटोमा ढुङ्गाको सिंढी, दुवै किनारमा स्टीलको रेलिङ्ग राखिएको छ । उकालो बाटोमा आराम बेञ्चहरु टुप्पोमा कफी हाउस छ । पुनहिल टावर वरपरको ढुङ्गेपर्खाल उठाएर आरामदायी भ्यू पोइन्ट, कफी हाउस र १५ वटा आराम बेञ्च राखेको हो ।


प्रकाशित : वैशाख १, २०७५ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्