यसरी हुँदैछ एसईई परीक्षा

शब्द/तस्बिर : कबिन अधिकारी

काठमाडौँ — देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु भएकाे छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् ।

प्रकाशित : चैत्र ८, २०७४ १०:१६
जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् । प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

यसवर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थीेले परीक्षा दिनेछन् । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षाका सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए । ‘प्रश्नपत्र र उत्तरपुस्तिका परीक्षा केन्द्रमा पुगिसकेको छ,’ उनले भने, ‘केन्द्राध्यक्ष, निरीक्षकलगायत सुरक्षाकर्मीको प्रबन्ध मिलाइसकेका छौं ।’ परीक्षालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन उनले सरोकारवालासँग आग्रह गरे ।

शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खल पुग्ने काम जो कोहीले गरेमा एक लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । परीक्षाको अनुगमन गर्न केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कुनै पनि मनोवैज्ञानिक त्रास नपाली परीक्षामा सहभागी हुन अपिल गरे । १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले ग्रेड पद्धतिमा नम्बर पाउनेछन् । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यसरी हुँदै छ निर्वाचनकाे तयारी (तस्बिरहरु)

शब्द/तस्बिर : कबिन अधिकारी

काठमाडौं — मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आवश्यक सामाग्रीलाई सम्बन्धीत मतदान स्थलमा पठाउनका लागि निर्वाचन आयोग परिसरमा धमाधम काम भइरहेको छ । आयोग परिसरमा मतपेटिक, कागजपत्र, कलम, कापी आदी पाको पारेर सम्बन्धीत ठाउँको नाम लेख्दै त्यसतर्फ पठाउन सुरु गरिएको छ ।

मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनका लागि आवश्यक सामाग्रीलाई सम्बन्धीत मतदान स्थलमा पठाउनका लागि निर्वाचन आयोग परिसरमा धमाधम काम भइरहेको छ ।

आयोग परिसरमा मतपेटिक, कागजपत्र, कलम, कापी आदी पाको पारेर सम्बन्धीत ठाउँको नाम लेख्दै त्यसतर्फ पठाउन सुरु गरिएको छ ।

निर्वाचनका तयारीको कामहरुका केही दृश्य यहाँ समेटिएका छन् :












प्रकाशित : कार्तिक १९, २०७४ १५:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×