माधवनारण पर्वको समापन


काठमाडौँ — स्वस्थानी व्रत कथासँगै सुरु हुने माधवनारायण पर्व पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । आज स्वस्थानी व्रतसँगै माधवनारायण पर्व समापन गर्ने दिने हो।


व्रत अवधीमा श्रद्धालुहरु भक्तपुरको हनुमानघाट लगायत काठमाडौं उपत्यकाका विभिन्न तीर्थस्थल तथा नदीहरुमा गएर नुहाई पवित्र भएर माधवनारायणको उपासना गर्ने गर्दछन् ।



आज व्रतालुहरुले भक्तपुरको हनुमानघाटमा स्नान गरी पुजा गरेर व्रतको समापन गरेका छन् ।






प्रकाशित : माघ १७, २०७४ ०९:४७