कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सरदारजीको ‘लञ्च टाइम’ (फोटोफिचर)

पर्वत पाेर्तेल

काँकडभिट्टा — मेघालयवाट कोइला बोकेर आएका चालक रेशम सिंह अक्सर विहान वेलुकी रोटी खान्छन् । विगत ५० वर्षदेखि ह्यावी ट्रक चलाउँदै आएका रेशम अक्सर सडकमा खान्छन् । सामान बोकेर लामो दुरीको यात्रा तय गर्नुपर्ने वाध्यता छ । त्यसैले खाना पकाउने सरदम पनि ट्रकमै छ । ‘जहाँ पुगिन्छ त्यही पकाएर खाइन्छ’, मेची भन्सार कार्यालय परिसरमा रोटी पकाउँदै गर्दा भेटिएका रेशम भन्छन्, ‘वाहिर खानुको मज्जा नै वेग्लै छ ।’

नेपाल भित्रने प्राय: मालवहाक ट्रकका चालकहरु सरदारहरु नै छन् । असम, मेघालयवाट नेपाल भित्रने कोइला होस् या क्लिङकर सवै ट्रकमा सरदारहरु नै चालक छन्। यिनीहरुले ट्रक पार्किङ गरिएकै ठाउँमा खाना पकाउँछन् । सानो सिलिन्डर हर समय साथमै हुन्छ । ट्रक मुन्तिर खाना पकाउनु जोखिम पनि छ । केही वर्षअघि यसरी नै खाना पकाउने क्रममा ट्रकको इन्धन चुहिएर आगलागि नै भएको थियो भन्सार परिसरभित्र ।

सरदार विहान ढिलोमा २ र छिटोमा १२ बजेभित्र खाना खाइसक्छन् । उनीहरु अक्सर रोटी र आलु मटरको तरकारी खान्छन् । ‘चालमको खानाले निद्रा लाग्छ’, चालक रन्जित सिंहले भने, ‘रातभर गाडी हाँक्नु पर्ने भएकाले रोटी नै ठीक हुन्छ ।’


प्रकाशित : पुस १२, २०७४ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्