२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

७ फोटोमा हेर्नुहोस् गुहेश्वरीबाट देखिएको बौद्धनाथ स्तुपा

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौं — बिहीबार र शुक्रबार काठमाडौं उपत्यका छर्लङ्ग खुलेको देखियो । सधैं धुलो, धुँवा र तुवाँलोले ढाकिने उपत्यका बिहीबार र शुक्रबार भने सफा देखियो ।

छर्लङ्ग भएसँगै उपत्यकाबाट उत्तरतिरका हिमाल टलक्कै टल्किए । उपत्यकाको अलि अग्लो ठाउँमा गएर धेरैले खुलेको उपत्यका र त्यसको पृष्ठभूमीमा हिमाल पारेर फोटो खिचे, कति हिमाल हेर्न भनेरै उपत्यकाको डाँडो पनि चढे ।

शुक्रबार दिउँसो करिव २ बजेतिर गुहेश्वरी डाँडामा पुग्दा पनि उत्तरतिर सफाचट देखियो। उक्त डाँडाबाट हेर्दा बौद्धनाथ स्तुपा र पृष्ठभूमीमा लाङटाङ, जुगल, दोर्जे लाक्पा लगायतका हिमाल दक्षिणतिर फर्केर मुस्कुराइरहेको जस्तो लाग्थ्यो।

प्रकाशित : माघ ७, २०७३ १७:१७

प्रतिक्रिया
पठाउनुहोस्