२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

ढाका टोपी शिरैमा ढलक्क ढल्कियो (फोटो फिचर)

शब्द/ तस्बिर : अंगद ढकाल

काठमाडौं — आज जनवरी १ । चौथो वर्ष पनि नेपालसहित डायस्पोराका नेपालीले नेपाली टोपी दिवस मनाउँदैछन् ।

आज जनवरी १ । चौथो वर्ष पनि नेपालसहित डायस्पोराका नेपालीले नेपाली टोपी दिवस मनाउँदैछन् ।

नेपाली पहिचान मेटिएको भन्दै जागरूक युवा अभियान नेपाल नामक युवाहरूको समूहले नेपाली पहिचानका रूपमा नेपाली टोपीलाई प्रवर्धन गर्न यो अभियान सुरु गरेको हो । विगत तीन वर्षदेखि जनवरी १ लाई नेपाली टोपी दिवसका रूपमा मनाइँदै आएको छ ।


सुरु–सुरुमा नेपाली टोपी लगाएर खिचिएको तस्बिर सामाजिक सञ्जालमा राखेर नेपाली टोपी दिवस मनाइदै आए पनि गत र्यााली नै आयोजना गरेर दिवस मनाउन थालिएको छ । जागरुक युवा अभियान नेपालको नेतृत्वमा पुसको चिसो मौसममा राजधानीको माइतीघरमा युवाहरुले प्रदर्शन गरेका छन् ।
माइतीघरमा भेला भएका युवाहरु र्‍यालीसहित बानेश्वरसम्म पुगेका थिए । युवाहरुको अभियानलाई अभिनेत्री शुभेच्छा थापालगायतले साथ दिए ।


अभियानकै रुपमा तीन वर्षदेखि प्रवासमा रहेका नेपालीले पनि नेपाली ढाका टोपी लगाएर सार्वजनिक स्थानमा जाने र सामाजिक सञ्जालमा अपलोड गर्ने गरेका छन् ।
कुनै समय दौरा सुरुवाल र टोपीलाई राष्ट्रिय पोसाककारुपमा लिइने गरे पनि गणतन्त्रपछि राष्ट्रिय पोसाकको सूचीबाट हटाइएको छ ।


नेपाली संस्कृतिमाथि विदेशी प्रभुत्व बढिरहेकाबेला युवाहरुको अभियानलाई धेरैले समर्थन गरेका छन् । युवा पुस्ताले अंग्रेजी नयाँ वर्ष मनाइरहँदा यही पुस्ताले नेपाली टोपीको प्रवद्र्धन गर्नु सह्रानीय छ ।

प्रकाशित : पुस १७, २०७३ १०:२४

प्रतिक्रिया
पठाउनुहोस्